इपिएलको उपाधि विराटनगरलाई, पायो २१ लाख पुरस्कार

इपिएलको उपाधि विराटनगरलाई, पायो २१ लाख पुरस्कार


काठमाडौं– ‘एभरेष्ट प्रिमियर लिग’ (इपिएल) उपाधि विराटनगर वारियर्सले हात पारेको छ।

 

 

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै विराटनगर वारियर्सले उपाधि जितेको हो। जितसँगै
विराटनगरले २१ लाख प्राप्त गरेको छ।

 

 

टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो।

 

एकसय ५० रनको विजय लक्ष्यका साथ भेषवाकरको कप्तानीमा मैदान उत्रिएको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४८ रन मात्र बनाउन सक्यो।

 

 

यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो। भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो ।

 

 

अघिल्लो वर्ष भएको उक्त प्रतियोगिताको पहिलो संस्करण भेषवाकरकै कप्तानीमा रहेको पञ्चकन्या तेजले जितेको थियो।

 

प्रतियोगितामा सर्वाधिक रन प्रहार गर्ने सूचीको शीर्ष दुईमा विराटनगरका बाबर ३१२ र अंशुमन २६० भए। त्यस्तै बलिङतर्फ १२ विकेट लिएका वसन्त रेग्मी सर्वाधिक विकेट लिनेको सूचीमा परे।

 

तस्बिर : रासस