इपीएलः काठमाडौंलाई हराउदै भैरहवाको पहिलो जित

इपीएलः काठमाडौंलाई हराउदै भैरहवाको पहिलो जित


काठमाडौं– राजधानी काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा भैरहवा ग्लाडियटर्सले पहिलो जित दर्ता गरेको छ।

 

 

बुधबार भएको खेलमा काठमाडौं किंग्स एलेवेनलाई ७ विकेटले पराजित गर्दै भैरहवाले प्रतियोगितामा जितको खाता खोलेको हो।

 

 

 

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएरु १ सय १८ रन जोडेको थियो।

 

 

 

काठमाडौंका लागि अमित श्रेष्ठले सर्बाधिक २९ रनको पारी खेले। काठमाडौंका सागर कुमारले २८ तथा राजु रिजालले २२ रनको पारी खेले।

 

भैरहवाका दीपेश श्रेष्ठले ३ विकेट हात पार्दा शरद भेषावकरले २ तथा आरिफ सेख र पुनित मेहराले १ विकेट लिए।

 

 

जवाफी ब्याटिङमा भैरहवाले १६ दशमलव २ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो। सोमपाल कामीले गरेको सत्रौं ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गर्दै आरिफ सेखले भैरहवालाई जिताएका थिए।