कोरियाली भाषा परीक्षा जेठमा, ७ हजारलाई रोजगारी

कोरियाली भाषा परीक्षा जेठमा, ७ हजारलाई रोजगारी


काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया सरकारले आगामी वर्ष ७ हजारभन्दा बढी युवालाई रोजगारीमा लैजाने तयारी गरेको छ ।

नवौं भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रमा ५ हजार र कृषि तथा पशुपालनमा २ हजारभन्दा बढी युवाको माग गर्नेगरी भाषा परीक्षाको तयारी भइरहेको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ।

नवौं कोरियाली भाषा परीक्षा जेठमा हुनेछ ।

गत वर्षको भाषा परीक्षामा पास भई रोजगार आवेदन दिएर प्रतीक्षा सूचीमा रहेका ११ हजार नेपालीलाई छनोट गरिरहेका बेला थप कामदार लैजान नवौं भाषा परीक्षा गर्न लागेको समाचारमा उल्लेख छ ।

नेपाली युवा छनोटका लागि चैतको दोस्रो साता अनलाइनमाफृत परीक्षा आवेदन माग गरिने योजना रहेको ईपीएस कोरिया शाखाले जनाएको छ । यो खबर आजको कारोबार दैनिकमा छ।