ईसेवाकाे ‘रेमिट पर्व ’, हरेक हप्ता १ जनालाई २५ हजार !

ईसेवाकाे ‘रेमिट पर्व ’, हरेक हप्ता १ जनालाई २५ हजार !


काठमाण्डु –डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा “रेमिट पर्व” सुरु गरेको छ।

कम्पनीका अनुसार रेमिट पर्व योजना यही साउन ३० देखि एक महिनासम्म सञ्चालन हुनेछ। यसअन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

योजनामा सहभागी हुन ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको इसेवा वालेटमा प्रतिकारोबार न्यूनतम १० हजार रुपैयाँबराबरको रेमिट पठाउनुपर्नेछ।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।