इथियोपियामा पहिरोमा परी २२९ जनाको मृत्यु

इथियोपियामा पहिरोमा परी २२९ जनाको मृत्यु


काठमाण्डु-इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी २२९ जनाभन्दा धेरै मानिसको ज्यान गएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा अस्ति सोमवार गएको पहिरोमा परि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय २९ पुगेको हो । पहिरामा परेर अझै धेरै जना बेपत्ता रहेका छन् ।

उद्दार टोलीले पाँच जनाको उद्दार गरेर अस्पताल पु¥याएको छ । पहिरोबाट घरबार गुमाएकालाई सुरक्षित ठाउँमा लगेर खाने र बस्ने व्यवस्था गरिएको छ । स्थानीय अधिकारीका अनुसार एकै ठाउँमा एकपछि आर्को गर्दै लगातार पहिरो गएकाले धेरै क्षती भएको छ ।

इथियोपियामा यही जुलाई महिनाको शुरुदेखि ठूलो वर्षा भएर विभिन्न क्षेत्रमा पहिरो जान थालेको चिनियाँ समाचारसंस्था रोयटर्सले जनाएको छ । अबको दुई महिना आउने सेप्टेम्बरसम्म खराब मौसमको सामना गर्नु पर्ने खबरमा उल्लेख छ । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न र सचेत रहन आग्रह गरिएको छ ।