एजेन्सी – यूरोपेली यूनियन (ईयू) मा निर्माण हुने विमानहरूको आयातमा करवृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वासिङ्टन र ईयूबीचको व्यापार विवाद अझ बढाउने एअरबसले जनाएको छ ।
युरोपेली विमान निर्माताले एक विज्ञप्ति जारी गर्दै अमेरिकी निर्णयप्रति चासो व्यक्त गर्दै भनेको छ, “अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर)को निर्णयले अमेरिका र ईयूबीचको व्यापार तनावलाई अझ बढाउनेछ र यसबाट विमानको अभाव खेपिरहेका अमेरिकी एअरलाइन्स कम्पनीहरूलाई थप संकटमा धकेल्नेछ ।”
“यो निर्णयले अमेरिकी एयरलाइन्सले गरेका धेरै प्रस्तावलाई विमान कम्पनीले मान्न सम्भव छैन । फलतः अमेरिकी हवाई यात्रु र अमेरिकी कम्पनीले नै बढाइएको शुल्क तिर्नु पर्ने हुन्छ , अमेरिकी पछिल्लो निर्णयले यसै तथ्यलाई उजागर गर्छ,” एयरबसले भनेको छ ।
यूएसटीआरले शुक्रबार एक सूचना जारी गर्दै आगामी मार्च १८ देखि लागू हुने गरी एअरबसका विमान अमेरिकामा आयात गर्दा लाग्ने करमा १० प्रतिशतबाट ५ प्रतिशत थप कर बढाई १५ प्रतिशत बनाउने घोषणा गरेको जानकारी दिएको थियो ।
एअरबसले भनेको छ, “यो नयाँ अमेरिकी निर्णयले एअरबस र अमेरिकाबीच यस पहिले छलफलमा रहेका बिषयको समाधानभन्दा समस्यालाई थप जटिलतातर्फ धकेल्नेछ । यो निर्णय पश्चातापपूर्ण रहनेछ ।” यद्यपि कम्पनीले अमेरिकी निर्णयलाई वार्ताका माध्यमबाट निकास निकाल्न आफूले प्रयास जारी राख्ने बताएको छ ।
अमेरिका र इयूबीच विगत १५ वर्षदेखि विमानमा छुटका लागि बहस चलिरहेको छ । विश्व व्यापार संगठन (डब्लुटीओ)को आग्रहलाई मान्न अस्वीकार गरेको दुबै पक्षले एक आपसमा आरोप लगाउँदै आएका छन् । जसका कारण उनीहरूले समस्याको समाधान निकाल्न सकेका छैनन् ।
प्रतिक्रिया