दुई कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंकको मुख्य कार्यालय सिल

दुई कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंकको मुख्य कार्यालय सिल


काठमाण्डु – एभरेष्ट बैंकको मुख्य कार्यालय सिल गरिएको छ । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दुई दिनका लागि कार्यालय सिल गरिएको हो ।

गत शुक्रबार कर्मचारीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । संक्रमण नदेखिएका अन्य कर्मचारीहरुलाई ‘होम आइसोलेसन’ मा राखिएको छ ।