एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ

एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ


काठमाण्डु–बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले एभरेस्ट सहकारीका ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको चुच्चेपाटीमा रहेको सहकारीका उपाध्यक्षसहित ५ जनालाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष रामलाल महर्जनलगायत छन् ।

१५ करोड ९१ लाख ४ हजार ७ सय ३६ रुपैयाँ हिनामिना गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जनाएको छ ।