गोर्खा भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठी काठमाडौँमा हुँदै, यी हुन् एजेण्डा

गोर्खा भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठी काठमाडौँमा हुँदै, यी हुन् एजेण्डा


काठमाडाैँ—गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी काठमाडौँमा आयोजना हुने भएको छ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिक १८ र १९ गते गोष्ठी हुने जनाएको हो।

सरकारले व्रिटिश सरकारसँग गेसोको समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले आन्दोलनकारी शक्तिको रुपमा रहेको गेसोको सो गोष्ठीलाई प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको सो गोष्ठीे आयोजक समितिका सदस्य समेत रहनु भएका पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाले जानकारी दिए । तर गोष्ठीको निष्कर्ष भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि गेसोले स्पष्ट पारेको छ ।

गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिश सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिश सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ ।