काठमाडाैं–सशस्त्र प्रहरी बलका चार पूर्वआईजीपीसहित ११ जनाविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा बुधबार सनुवाइ हुँदैछ।
पूर्वआईजीपीहरु बाशुदेव ओली, सनत वस्नेत, शैलेन्द्र श्रेष्ठ र कोषराज वन्तसहित ११ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको पेशी बुधबारका लागि तोकिएको हो।
बुधबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको १ नम्बर ईजलासमा सो मुद्दामाथि बहस हँुदैछ । बेञ्चमा न्यायाधीशद्धय रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेल सदस्य छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ माघ १८ गते चार पूर्वआइजीपीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया