पूर्व युबराज पारसको स्वास्थ अवस्था बुझ्न कमल थापा नर्भिक अस्पताल पुगे

पूर्व युबराज पारसको स्वास्थ अवस्था बुझ्न कमल थापा नर्भिक अस्पताल पुगे


काठमाडौं – हृदयघात भइ नर्भिक अस्पतालमा उपचाररत पूर्व युबराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा नर्भिक अस्पताल पुगेका छन् ।

अस्पताल पुगेका थापाले पारससङ्ग संक्षिप्त कुराकानी गरे । अध्यक्ष थापालाई देख्नासाथ पारसले अङ्ग्रेजीमा नाउ आई एम गुडू भने । हिजो अलि दुखाई थियोे ,अहिले ठिक छु भन्दै पारसले केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने र केही दिन भित्रै आफू फिट हुने बताए ।

अध्यक्ष थापाले स्वास्थ लाभको कामना भन्दै नमस्कार गर्दा फेरि पारसले पुन आई एम गुड भन्दै थापालाई धन्यवाद भनेको भेटघाटका क्रममा सङ्गै रहेका राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

अध्यक्ष थापा पारसलाई भेटेर फर्किने क्रममा ढोकामा नै पुर्ब रानी कोमल शाहसङ्ग पनि जम्काभेट भएको थियो । सो अबसरमा राजपरिवारका अन्य सदस्यहरुसङ्ग अध्यक्ष थापाको छोटो भलाकुसारी भएको बर्तौलाले बताए । अस्पताल परिसरमा राखिएको स्वास्थ लाभको पुस्तिकामा पनि थापाले हस्ताक्षर गरे ।