नेकपा नेता माधव नेपाल नै सरकारविरुद्ध खनिएपछि ….

नेकपा नेता माधव नेपाल नै सरकारविरुद्ध खनिएपछि ….

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपालले सरकारको चर्को आलोचना गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले विहीवार संसद बैठकमा सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका हुन् ।

नेता नेपालले सरकार गलत काममा लागेको आरोप लगाए । उनले नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकारका निकायको संलग्नता रहेको दाबी समेत गरे । सरकारका कामले सत्तारुढ दलकै नेताहरुलाई लज्जास्पद बनाएको भन्दै कामको गम्भीर समीक्षा गर्न उनले सुझाव समेत दिए ।

मुलुकभरका हत्या हिंसाका घटनामा सरकार र मातहतका निकायको निरिहता र मौनताप्रति पनि उनले असन्तुष्टी जनाएका छन् । नेता नेपालले गृहमन्त्री रामबहादुर थापाको काम कार्वाहीप्रती समेत असन्तुष्टी जनाएका छन् ।

नेता नेपालले संबैधानिक निकायमा लामो समय देखि पद रिक्त रहेको प्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए। उनले दुईतिहाईको सरकारबाट जनताले ठुलो आशा र अपेक्षा राखेको भन्दै सरकारलाई जनताको भावनाअनुसार अघि बढ्न सुझाव समेत दिए ।