नेपाली र भारतीय सेनाबीचको संयुक्त अभ्यास सकियो, बलाधिकृतले गरे समापन

नेपाली र भारतीय सेनाबीचको संयुक्त अभ्यास सकियो, बलाधिकृतले गरे समापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा सञ्चालित नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यासको समापन भएको छ।

 

 

गत भदौ १८ गतेबाट सुरु भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘इण्डियन–नृपाल बटालियन लेभल कमान्डो’ तालीमको शनिबार सेनाका बलाधिकृत बलदेव राज महतले समापन गरे।

 

 

 

प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरी संचालन भएकोसंयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राको नेतृत्वमा दुवै देशका करिब ६ सय जना नफ्रि सहभागी भई अभ्यास सञ्चालन भएको थियो।

 

 

बलाधिकृत रथी महतले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी दुवै देशका सैनिकहरुलाई बधाई दिनु हुँदै तालिम प्रति देखाएको समर्पण र कडा परिश्रमले भविश्यमा आई पर्ने जस्तोसुकै चुनौतीहरुलाई प्रभावकारी ढंगले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
साथै उनले सहभागी दुवै देशका सैनिकहरुलाई प्रमाण पत्र समेत प्रदान गरेका थिए।

 

 

संयुक्त अभ्यासबाट नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो।

 

 

नेपाली सेना र भारतीय सेनाबीच सम्पन्न यस सैनिक अभ्यासले दुई देशबीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाको सकलदर्जा बीचको समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।