काठमाण्डु- कक्षा १२ को परीक्षा २०७९ जेठ १६ गतेदेखि सञ्चालन हुने भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले बताए ।
‘जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,’ उनले भने, ‘थप विवरण बोर्डको वेबसाइटमा राख्छौं।’ बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ । परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ ।
प्रतिक्रिया