काठमाण्डु – लोक सेवा आयोगले लिने प्रशासन समूहको शाखा अधिकृत परीक्षा स्थगित हुने भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले शुक्रबार सामान्य प्रशासन समूहका पदमा दरखास्त संकलन गरी बाँकी काम रोक्न आदेश दिएसँगै परीक्षा स्थगित हुने भएको छ ।
प्रेमराज निरौला सहितले रिक्त सम्पूर्ण पद समावेश नगरी विज्ञापन भएका कारण आफूहरू बढुवा हुने अवसरबाट वञ्चित हुनुपरेको भन्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले काम रोक्न आदेश दिएको छ ।
आयोगले मंसिर २६ गते अधिकृतका लागि दरखास्त आह्वान गरेकोप्रति असन्तुष्टि जनाउँदै रिट दायर भएको थियो ।
प्रतिक्रिया