परीक्षा बोर्डले भन्यो – १२ कक्षाको परीक्षा स्थगित गरिएको छैन

परीक्षा बोर्डले भन्यो – १२ कक्षाको परीक्षा स्थगित गरिएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा स्थगित नगरिएको जनाएको छ ।

सामाजिक सञ्जालमा १२ कक्षाको परीक्षा स्थगित भएको भनी प्रचारप्रसार हुन थालेपछि बोर्डले विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित नभएको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘२०८२ वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको १२ कक्षाको वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थी वर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ, बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन हुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ ।

सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गरेको छ ।