काठमाण्डु- संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भाैतिक उपस्थितिमै लिन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको बताएका छन् ।
प्रतिक्रिया