काठमाण्डु-डिजिटल वालेट सञ्चालन गर्ने एफवान सफ्टको बैंक खाता ह्याक गरेर करोडौं रकम चोरी भएको पाइएको छ । कम्पनीको अनलाइन बैंकिङ प्रणाली नै ह्याक गरेर ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेको पाइएको हो ।
ह्याकरले कम्पनीको सिटिजन्स बैंकमा रहेको खातामा भएको रकम पटकपटक गरी चोरी गरेको देखिएको छ । हाल उक्त प्रकरणमा प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
कम्पनीको अनलाइन बैंकिङ प्रणाली नै ह्याक गरेर ह्याकरले रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कम्पनीको खाताबाट अनलाइन बैंकिङ ह्याक गरेर नेपालमै रहेका विभिन्न व्यक्तिहरूको खातामा ट्रान्सफर गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेकाहरूसँग हुण्डीको कारोबार मिलाउन नेपाली खातामा पैसा हालिएको देखिएको प्रहरीले जनाएको छ । यसले बैंकिङ प्रणाली नै ह्याक गरेर भएको उक्त चोरीमा विदेशी गिरोह सक्रिय रहेको प्रहरीको आशंका छ । हाल सोही विषयलाई आधार मानेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
बैंक खाता कसरी ह्याक भयो ? भन्ने विषय अहिलेसम्म पनि पत्ता नलागेको प्रहरीको भनाइ छ ।
एफवान सफ्ट सफ्टवेयर तथा प्रविधि विकाक गर्ने र बिक्रीवितरण गर्ने कम्पनी हो । एफवन सफ्ट ईसेवा, फोन पे, लगायतका फिनटेक कम्पनीहरूको माउ कम्पनी हो । जसले विभिन्न बैंकहरूका लागि इन्टरनेट तथा मोबाइल बैंकिङ सिस्टम विकास, व्यवस्थापन तथा सञ्चालनको कार्य समेत गर्दै आएको छ ।
प्रतिक्रिया