अनुहारको छालालाई सुन्दर बनाउन के गर्ने ?

अनुहारको छालालाई सुन्दर बनाउन के गर्ने ?


काठमाडौं – आफ्नो छालालाई सनस्क्रिन प्रोटेक्सन प्रदान गर्नुपर्छ । गर्मीमा दिनहुँ तीन–चार पटकसम्म सनस्क्रिन प्रयोग गर्नु उपयुक्त हुन्छ । घरबाहिर निस्कनुभन्दा १५ मिनेटपूर्व सनस्क्रिन प्रयोग गर्नुपर्छ । घरमै बस्दा पनि सनस्क्रिन प्रयोग गर्नु राम्रो हुन्छ ।

–सबैभन्दा पहिले छालामा मोइस्चराइजर प्रयोग गरी त्यसपछि सनस्क्रिन तथा मेकअप प्रोडक्ट प्रयोग गर्नुपर्छ ।

–पसिना एवं छालाबाट निस्कने तेलको चिपचिपका कारण अनुहारको छालामा मैलो जम्छ । गर्मीका कारण छालामा सिवमको सिक्रेसन पनि बढी हुन्छ । यसले छाला बढी ओयली हुन्छ र पिम्पल्स उत्पन्न हुने डर हुन्छ । यसका लागि उपयुक्त क्लिन्जिङ रुटिन पालना गर्नुपर्छ ।

–सुत्नुपूर्व अनुहारलाई क्लिन्जिङ मिल्कले नियमित सफा गर्नुपर्छ । त्यसपछि मोइस्चराइजर प्रयोग गरी स्किन टोनिङका लागि रोजवाटर प्रयोग गर्ने ।

–क्लिन्जरका रूपमा बदाम पाउडर, जौको आटा तथा गुलाबजलको पेस्ट प्रयोग गर्न सकिन्छ ।अनुहारलाई दिनमा दुई–तीन पटक सफ्ट फेसवासले धुनुपर्छ । अनुहारमा साबुन प्रयोग गर्नुहुँदैन । हर्बल मोइस्चराइजर छालाका लागि लाभदायक हुन्छ । आयुर्वेदिक फर्मुलाअनुरूप उत्पादन गरिएका एलोबेरा, अमला तथा बेसारयुक्त मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

–सुत्नुभन्दा पहिले बदाम तथा महयुक्त नाइट क्रिम प्रयोग गर्न सकिन्छ किनभने राति छालाको पुनर्निर्माण हुने समय हो र त्यस्तो नाइट क्रिमले छालालाई पोषण प्रदान गर्छन् । सातामा एकपटक अनुहारमा स्क्रब प्रयोग गर्नुपर्छ, जसबाट मृत छाला निस्कन्छ ।

–दिउँसो धेरै पटक अनुहारमा चिसो पानी छर्कने । चिसो पानीले चिपचिपबाट छुटकारा प्रदान गर्छ र छालाले राम्रोसँग श्वास लिन पाउँछ । अनुहारलाई तरोताजा राख्न नियमित रूपमा फ्रुट फेसियल प्रयोग गर्न सकिन्छ ।

–छालालाई शीतलता प्रदान गर्ने घिरौंला, गुलाबजल, चन्दन, मुल्तानी माटो, कपूर, निम आदि समावेश गरिएका फेसप्याक प्रयोग गर्नुपर्छ । नुहाउने पानीमा एक चम्चा कागतीको रस हाले छालाले ताजापन प्राप्त गर्छ । पानीमा गुलाबको फूल हालेर स्नान गर्दा दिनभरि ताजापन महसुस हुनुका साथै सुगन्ध पनि कायम रहन्छ ।

–ओठलाई नरम एवं कोमल बनाउन राति सुत्नुभन्दा पहिले बदामको तेल प्रयोग गर्न सकिन्छ । यसबाट ओठको कालोपन पनि हट्छ ।

–घरबाहिर जाँदा डिओ वा टेलकम पाउडर प्रयोग गरे फ्रेस महसुस हुन्छ ।

–घाममा निस्कँदा सनग्लासको प्रयोग अनिवार्य छ ।

–गर्मीका कारण आँखामा जलन वा थकान महसुस हुन्छ भने आँखामा आइस कोल्ड वाटर छर्कनुपर्छ । कटन बलमा गुलाबजल हालेर १०–१५ मिनेटसम्म आँखामा राख्नु पनि फाइदाजनक हुन्छ ।