एजेन्सी – श्रीलंकाली सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो ।
आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको जनाएको छ ।
वैशाख ८ गते सैयौंको ज्यान जाने गरी क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । अन्तर्रा्ष्ट्रिय आतंकवादी समूह आइएसले जिम्मा लिएको सो घटनाबारे अहिले पनि त्रास कायम छ ।
फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । यही विषयमा भएको विवादमा फेसबुकमा व्यक्त विचारले हिंसालाई प्रोत्साहन गरेको सरकारको बुझाइ छ ।
प्रतिक्रिया