प्रहरीकै पुर्व एआईजी भण्डारीले गरे इन्काउण्टरको विरोध, एसएसपी सिंहलाई कार्वाही गर्न चर्को दबाव

प्रहरीकै पुर्व एआईजी भण्डारीले गरे इन्काउण्टरको विरोध, एसएसपी सिंहलाई कार्वाही गर्न चर्को दबाव


काठमाडौं– नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले भक्तपुरमा भएको इन्काउण्टरको विरोध गरेका छन् । सिआईबीका पूर्व प्रमुख समेत रहेका भण्डारीले भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको उदाहरण भएको बताए ।

एक दैनिक पत्रिकामा लेख लेख्दै भण्डारीले भनेका छन् ‘भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको यस्तै एउटा उदाहरण हो । यस्तो शैली भारत र पाकिस्तानमा १३ वर्षअघि नै फेल भइसकेको छ । भारतमा सरकारले छोटा राजन तथा दाउदका विरुद्ध यस्ता अप्रेसन चलाएको थियो । तर, भक्तपुरको घटना त्यस्तो देखिँदैन । इन्काउन्टरमा जो मारिए, उनीहरू आपराधिक पृष्ठभूमिका होइनन् । विगतमा कुमार घैंटे, दिनेश अधिकारी चरीमाथि यस्तै इन्काउन्टर भयो ।’

उनले भक्तपुर घटनामा मारिनेसंगै प्रमाण मारिएको भन्दै असन्तुष्टी समेत जनाएका छन् । पछिल्ला दिनहरुमा इन्काउन्टरको ट्रेन्ड नै बसेको भन्दै भण्डारीले त्यो गलत काम भएको दाबी गरेका छन् ।

अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहको निर्देशनमा बालक हत्याको आरोपमा पक्राउ परेका दुई जनालाई लिएर गोली हानिएको थियो । घरबाट उठाएर जंगलमा लगेर गोली हानिएको भएपनि प्रहरीले त्यसलाई इन्काउण्टर भन्दै प्रचार गरेपछि त्यसको सर्वत्र विरोध भएको छ । कानुन हातमा लिने एसएसपी सिंहलाई कार्वाही गर्न मानवअधिकारीवादीहरुले समेत माग गरेका छन् ।

यस्तो छ भण्डारीले लेखेको लेख–

इन्काउन्टर : आउटडेटेड अभ्यास
-राजेन्द्रसिंह भण्डारी
पछिल्ला दिनमा बलात्कारका घटना बढेका छन् । तथ्यांक विश्लेषण गर्दा १४ देखि १७ वर्ष उमेर समूहका किशोरी बलात्कृत भएको धेरै देखिन्छ । यसका विभिन्न कारण छन्। यसका लागि उसको परिवार, परिवार बसेको समाज, आर्थिक अवस्था हेर्नु जरुरी देखिन्छ । परिवारले बालिकामाथि दिने समय, रेखदेख पनि यसमा हेरिन जरुरी छ । बलात्कारका जति पनि घटना भएका छन्, धेरैजसो नजिकका आफन्तबाट भएको देखिन्छ । तथ्यांक हेर्दा यी घटना बढ्दो क्रममा छ ।

खासमा अहिले गाउँघर युवाविहीन छ । गाउँघरमा साना बालिका मात्रै छन् । उनीहरूलाई रेखदेख गर्ने गतिलो मान्छे छैन । अर्थात् नजिकको गार्जेन छैन । घरको जिम्मा बूढा भएका हजुरबुबा हजुरआमाले लिइरहेका छन् । यसैलाई मौका बनाएर यस्ता घटना भएका उदाहरण धेरै छन् । यसमा शिक्षकदेखि नजिकका आफन्तसमेत संलग्न रहेको देखिन्छ ।

यस्ता घटना थोरै मात्रै रिपोर्टमा आउँछन् । धेरै त गुपचुममै मिलापत्र हुन्छ । किनकि हाम्रो समाजले बलात्कृत महिलालाई राम्रो नजरले हेर्दैन । त्यसो हुँदा यसलाई सामाजिक–आर्थिक तथा सांस्कृतिक दृष्टिकोणबाट हेर्न जरुरी छ । शक्तिमा भएकाहरूको संलग्नता बलात्कारमा धेरै देखिन्छ । पीडितचाहिँ सबै पक्षबाट निम्छरो जस्तो देखिन्छ । यस्तो कार्यमा कतिपयले र्‍याकेट नै सञ्चालन गरेको देखिन्छ । उपत्यकाभित्र यौनकर्मी महिला यही र्‍याकेटबाट नियन्त्रित छन् र परिचालित पनि । यहाँ यौन दुव्र्यवहारदेखि बलात्कारका घटना दिनहुँजसो हुने गर्छन्, जुन रिपोर्टमै आउँदैनन् ।

तथ्यांक हेर्दा पीडितहरू अधिकांश १४ देखि १७ वर्षका छन् । यो उमेर समूहका किशोरी नै टार्गेटमा पर्नुको विभिन्न कारण छन् । एक त यो उमेरका किशोरीलाई प्रभावमा पार्न सजिलो हुन्छ । पीडकले उनीहरूलाई सजिलै प्रभावमा पारेर फकाउन सक्छन् । अर्को यो उमेरका किशोरीमा सेक्सुअल क्युरेसिटी हुने पनि आम बुझाइ छ । त्यसो हुँदा पनि उनीहरू ज्यादा खतरामा रहन्छन् । यो उमेर समूहका किशोरीमा मुभमेन्टको गति बढेको देखिन्छ । यसैलाई बलात्कारीले मौकामा बदल्छन् । यसो हुँदा पनि बलात्कारमा उनीहरू नै बढी पर्ने देखिन्छ ।

अर्को प्रविधिको प्रभाव हो । प्रविधि ब्याड मास्टर पनि हो र गुड सर्भेन्ट पनि हो । प्रयोग कसरी गर्ने आफूमा भर पर्ने विषय हो । अहिले अनेक खालका अश्लील साइट खुलेका छन् । यसकारण पनि बलात्कारका घटना भएका छन् । पछिल्लो चरणमा सामाजिक सञ्जालमार्फत हुने अपराध बढेका छन् । यसमा मुख्य फ्याक्टर सेक्सुअल गतिविधिसँग सम्बन्धित अपराध छन् ।

संसारका पुलिसिङ दुईवटा थ्योरीबाट सञ्चालित रहन्छन्, प्रोएग्टिभ र रिएक्टिभ । प्रोएक्टिभ भनेको अपराध नै गर्न नदिनु हो । रिएक्टिभ भनेको अपराध भएपछि नियन्त्रणमा उत्रनु हो । बलात्कारका घटनामा रिएक्टिभभन्दा पनि प्रोएक्टिभ पुलिसिङ महत्वपूर्ण मानिन्छ । अर्थात् समाजमा बलात्कार हुनै नदिनु । यसका लागि पुलिस मात्रै होइन, समाजका सबै तप्का सजग हुन आवश्यक छ । सबै सचेत हुन आवश्यक छ । अर्को घटनापछि हुने प्रहरीको रिएक्ट हो । यो भनेको दोषीले कानुनबमोजिम सजाय पाउँछ कि पाउँदैन भन्ने हो । कानुनबमोजिम सजाय भए अपराध स्वतः घट्छ । नपाए बढ्छ । संसारको नियम यही हो ।

फेल भएको अभ्यास इन्काउन्टर
इन्काउन्टरको अभ्यास भारत र पाकिस्तानबाट सुरु भएको देखिन्छ । विशेषगरी यसको सुरुवात सन् १९९० मा भयो । यो अभ्यास करिब २००५ सम्म चल्यो । अहिले दुवै मुलुकले यो अभ्यास छाडिसकेका छन् । त्यस वेला यस्ता इन्काउन्टर भारतका खास– खास सहरमा हुन्थे । त्यसमा पनि मुम्बईमा धेरै हुन्थे । खासगरी अन्डरवल्र्डविरुद्ध यस्ता अप्रेसन चलाइएका थिए । यही विषलाई लिएर फिल्मसमेत बनेका छन् । एकजना इन्स्पेक्टरले त ३१२ वटासम्म इन्काउन्टर गरेका थिए । पछि उनी जेल परे ।

भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको एउटा उदाहरण हो । यस्तो शैली भारत र पाकिस्तानमा १३ वर्षअघि नै फेल भइसकेको छ ।भारतमा सरकारले छोटा राजन तथा दाउदका विरुद्ध यस्ता अप्रेसन चलाएको थियो । तर, भक्तपुरको घटना त्यस्तो देखिँदैन ।

दया नायक भन्ने यस्तै इन्काउन्टर स्पेसलिस्ट थिए । यो प्रवृत्तिपछि हिरोइज्ममा परिणत भएको देखियो । इन्काउन्टर गर्दा उनीहरूलाई जनताले हिरो बनाए । पछि तिनै जनताले उनीहरूलाई जेल हाले । त्यसो हुँदा कानुनी राज्यमा कानुनी विधिभन्दा दायाँ–बायाँ जानु हुँदैन भन्ने विचार जबर्जस्त रूपमा आयो । त्यसपछि भारत र पाकिस्तान दुवैले यस्ता प्रवृत्ति त्यागे । इन्काउन्टर गर्नेलाई एक–एक गर्दै कारबाही गरियो ।

भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको यस्तै एउटा उदाहरण हो । यस्तो शैली भारत र पाकिस्तानमा १३ वर्षअघि नै फेल भइसकेको छ । भारतमा सरकारले छोटा राजन तथा दाउदका विरुद्ध यस्ता अप्रेसन चलाएको थियो । तर, भक्तपुरको घटना त्यस्तो देखिँदैन । इन्काउन्टरमा जो मारिए, उनीहरू आपराधिक पृष्ठभूमिका होइनन् । विगतमा कुमार घैंटे, दिनेश अधिकारी चरीमाथि यस्तै इन्काउन्टर भयो ।

उनीहरूको जगजगी खासमा त्यति वेलै सकिएको थियो । त्यसैलाई रोल मोडल बनाएर अहिले इन्काउन्टर गर्न आवश्यक थिएन । भक्तपुरको घटनामा जो मारिए, खासमा उनीहरूसँगै प्रमाण पनि मारियो । प्रहरीले उनीहरूलाई पक्राउ गरेर घटनाको अध्ययनलाई फराकिलो पर्न सक्यो । पर्दापछाडिका अन्य तथ्य खोल्न सक्थ्यो । तर, यस्तो गरिएन । उनीहरूलाई मारियो ।

पछिल्ला दिनमा इन्काउन्टरको ट्रेन्ड नै बसेको देखिन्छ । यो गलत हो । म सिआइबीमा रहँदा ब्ल्याक स्पाइडर जस्ता अपराधीका समूह पक्राउ परे । उनीहरूलाई इन्काउन्टर गर्न भनियो । तर, मैले इन्कार गरेँ । किनकि यो गलत ट्रेन्ड सिआइबीमा बस्न दिने पक्षमा म थिइनँ । किनकि यी चिप विषय थिए । यसले संस्थाको गरिमा गुमाउनेमा म विश्वस्त थिएँ । हामीले समातेका अपराधी सबैलाई कानुनबमोजिम कारबाही ग-यौँ । सिआइबी अहिलेको उचाइमा पुगेको कारण यही हो ।

अपराध भनेको रहस्य हो । यसभित्र खेल्न सकिए धेरै नयाँ तथ्य फेला पर्छ । त्यसपछि हामी बल्ल तथ्यमा पुग्छौँ र सत्य स्थापित हुन सक्छ । नत्र भने हामीसँग तथ्यांक मात्रै आउँछ । जसरी साढे ३३ केजी सुन र सनम शाक्य हत्या काण्डमा ३८ क्विन्टल सुन तस्कर भएको भन्ने तथ्यांक फेला प-यो । तर, तथ्य फेला परेन । तथ्य भनेको सुन थियो ।