काठमाण्डु- फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा बिहीवार हुँदैछ । प्रतियोगितामा काठमाण्डुको एनआरटी क्लव र सिराहाको सलहेश युवा क्लब खेल्दैछन् ।
पाँचथरको सदरमुकाम फिदिममा भइरहेको प्रतियोगितामा बुधवार मोरङको विराटनगर सिटी एफसीलाई हराउँदै काठमाण्डुको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ ।
यसअघि मच्छिन्द्र क्लब र फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइलनमा पुगिसकेका छन् ।
शनिवारदेखि शुरू भएको प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार क्लबसहित १० टिमको सहभागिता छ ।
प्रतिक्रिया