उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको फरक मत

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय, दुई सञ्चालकको फरक मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । निर्णयमा दुई सञ्चालकले फरक मत राखेका छन् ।

विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले लाइन नकाट्ने निर्णय लेख्दा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका हुन्।

बोर्डले प्राधिकरणले दिएको म्याद सकिए पनि अहिले नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो।

गत कात्तिक २५ मा मन्त्रिपरिषद् बैठकले बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो। सोलगत्तै २७ गतेको बोर्ड बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयपछि प्राधिकरणले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने जनाएको थियो। सो समय आज सकिने भएपछि हिजो मंगलबार आयोगले प्राधिकरणलाई यथास्थितिमा रहन पत्र पठाएको थियो।