फारवेष्ट पशुपति कपको उपाधि आयोजकको पोल्टामा, अर्काे सिजनको पुरस्कार राशी ६ लाख घोषणा

फारवेष्ट पशुपति कपको उपाधि आयोजकको पोल्टामा, अर्काे सिजनको पुरस्कार राशी ६ लाख घोषणा


धनगढी– धनगढीमा सम्पन्न फारवेष्ट पशुपति कपको उपाधिमाथि आयोजक टिमले कब्जा जमाएको छ।

 

निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबले पीएफए अत्तरियालाई ट्राईब्रेकरमा हराएको हो।

 

आयोजक टिमले अत्तरियालाई ट्राईब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि चुमेको हो।

 

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि १५ मिनेट समय थप गरिएको थियो। तर, थप गरीएको समयमा पनि गोल नभएपछि खेलको नतिजा ट्राईब्रेकरबाट निकालिएको हो।

 

 

ट्राईब्रेकरमा फिएफए अत्तरियाका २ जना खेलाडी विश्व अधिकारी र जनक कार्कीको प्रहार गोल पोष्ट बाहिर गएको थियो।

 

फारवेष्ट पशुपति क्लबका विदेशी खेलाडी जिको आईस्याकको प्रहार पनि पिएफएका गोलकिपर टेकेन्द्र थापाले बचाएका थिए।

 

उपाधिसँगै फारवेष्ट पशुपति क्लवले ३ लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता बनेको पिएफए अत्तरियाले नगद १ लाख ५० हजारमा चित्त बुझाएको छ। 

 

 

मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिताको वेष्ट प्लेयर आयोजक टिमका रोशन खत्री, बेष्ट गोलकर्ता आयोजक टिमकै सेगुन, बेष्ट डिफेन्डर पिएफएका अमित तामाङ, बेष्ट गोलकिपर आयोजक टिमका प्रीतम खड्का र उदयमान खेलाडी आयोजक टिमकै दिपेन्द्र बुढा भएका छन्।

 

 

 

उत्कृष्ट खेलाडीहरुले जनही १०-१० हजारका दरले नगद पुरस्कार पाएका छन्।

 

 

फारवेष्ट पशुपति क्लबको चौथौ संस्करणका लागि नगद पुरस्कार राशी बढाइएको घोषणा आयोजकले तेस्रो संस्करणको समापनमा गरेको छ।

 

 

विजेतालाई नगद ४ लाख र उपविजेतालाई नगद दुई लाख पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले घोषणा गरे।

 

१० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा देशभरका १६ टीमले सहभागीता जनाएका थिए ।