काठमाडौं – नेपाली सेनाले निर्माण गरिररहेको काठमाडौं तराई द्रुत मार्ग(फास्ट ट्रयाक)को कामले तीव्रता पाएको छ ।
ट्रयाक खोल्न पर्ने ५५.५ मध्ये सडकको ८० प्रतिशत काम सकिएको द्रुत मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिए ।
‘फास्ट ट्रयाकमा १०.५६ किमी पुल र ६.४ किमी सुरूङ हुन्छ, असारसम्म ट्रयाकको काम सकिन्छ । अहिले खन्ने, सम्याउने, ब्लाष्टिङ गर्ने, वाल लगाउनेलगायत इन्जिनियरिङको काम भइरहेको छ,’ पहाडीले भने । फास्ट ट्रयाक निर्माणमा साना–ठूला ८७ वटा पुल हुनेछन् भने तीन ठाउँमा सुरूङ मार्ग खनिनेछ ।
पुल निर्माणको काम २०७७ र सुरूङ निर्माणको काम २०७८बाट सुरु गर्ने तालिका सेनाले सार्वजनिक गरिसकेको छ । असारसम्म ट्रयाक खोल्ने काम सक्नका लागि रातको समयमा पनि काम भइरहेको छ ।
प्रतिक्रिया