काठमाडौं–तराई द्रुतमार्ग :सेनाले युद्धस्तरमा काम अघि बढायो

काठमाडौं–तराई द्रुतमार्ग :सेनाले युद्धस्तरमा काम अघि बढायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको कामलाई सेनाले तिव्र रुपमा अघि बढाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत जेठ १४ मा द्रुर्तमार्ग बनाउने जिम्मा सेनालाई दिने निर्णय गरेको थियो ।

 

 

 

सेनाले पनि यसलाई अघि बढाउन बलाधिकृतरथी पुर्णचन्द्र थापाको नेतृत्वमा समिती बनाएको थियो । थापा नेतृत्वको समितीमा सेनाकै प्राविधीक उपरथी योगेन्द्र खांडसहित अन्य उच्च सैनिक अधिकारीहरु पनि छन् । रथी थापा नेतृत्वको टिमले फास्ट ट्रयाकको काम समयमै सम्पन्न गर्न रातदिन काम गरिरहेको सेनाले जनाएको छ ।  

 

 

सैनिक प्रवक्ता सहायकरथी नयनराज दाहालकाअनुसार सेनाले द्रुत मार्ग निर्माणको लागी प्राविधिक तयारीलाई तीव्र रुपमा अघि बढाइएको छ ।  उनकाअनुसार सेनाले फास्ट ट्रयाकको काम अघि बढाउन करिव १० ठाउमा सेनाको शिविर खडा गरेको छ । त्यसका लागी पांच सय सैनिक समेत परिचालन भएको सेनाले जानकारी दिएको छ ।

 

 

सेनाले विस्फोटक पदार्थको आपूर्ति, निर्माणसंगसम्बन्धी हेवी उपकरण खरिद र डीपीआरको कामलाई समेत एक साथ अगाडी बढाएको छ ।  हाल दुई वटा गण परिचालन भएको दु्रर्तमार्गमा थप जनशक्ति खटाउने सेनाको तयारी छ ।

 

 

सेनाको विकास निर्माण महानिर्देशनालयका प्रमुख उपरथी योगेन्द्र खांडले सेना र सरोकारवाला अन्य उच्च सरकारी अधिकृत सम्मेलित टिमले डीपीआरबारे अध्ययन गरिरहेको बताए ।

 

द्रुर्तमार्गबारे धेरै काम भइरहेको छ, उपकरण खरिद र बाटो निर्माणलगायतका काम पनि अघि बढिरहेको छ,डीपीआरको हकमा भने छिट्टै हुन्छ । उपरथी खांडले काठमाडौंपाटीसंग भने ।

 

 

सैनिक स्रोतले दिएको जानकारीअनुसार भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआरलाई नै अघि बढाउने विषयमा सैनिक नेतृत्व र उक्त कम्पनीबीच छलफल चलिरहेको छ । सेनाले डीपीआरमा परिमार्जनको लागी  उक्त कम्पनीसंग छलफल समेत गरिरहेको छ ।

 

 

 

 

डीपीआरको प्रक्रिया भने अघि बढिसकेको सैनिक प्रवक्ता सहायकरथी दाहालको भनाई छ । भारतिय कम्पनीसंग डीपीआर खरिद गर्ने निर्णय भएपनि सम्झौता भने भइनसकेको सैनिक स्रोतको दाबी छ ।

 

 

 

 
चार वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका फास्ट ट्रयाक ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल, बाराको रतनपुरी लालगाउ हुदै बाराकै निजगढमा जोडिने छ । ७६ किलोमिटर दुरी रहेको उक्त द्रुर्तमार्गमा चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक हुनेछ ।

 

 

द्रुर्तमार्गमा साना र ठुला गरी ९९ सय वटा पुल बनाउने सेनाको योजना छ । सेनाले सडकविस्तारदेखी सुरुङमार्ग, पुल, कल्भर्टलगायत निर्माणको जिम्मा कार्यविभाजन गरेर गर्ने तयारी गरेको छ । त्यसका लागी पनि गृहकार्य भईरहेको सेनाले जानकारी दिएको छ ।

 

 

काठमाडौं–तराई द्रुतमार्ग सम्पन्न भएपछि यो मार्ग नेपालकै सुविधासम्पन्न पहिलो सडक बन्नेछ । उक्त द्रुर्तमार्गमा मेडिकलदेखी खानेपानी र हटलाइन टेलिफोनको व्यवस्था हुने सेनाले जनाएको छ ।