भारतमा पहिलो पटक महिलालाई रक्षामन्त्रालयको जिम्मेवारी, मोदी सरकारका यस्ता छन् ६ महिला मन्त्री

भारतमा पहिलो पटक महिलालाई रक्षामन्त्रालयको जिम्मेवारी, मोदी सरकारका यस्ता छन् ६ महिला मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– भारतमा पहिलो पटक रक्षामन्त्रालयको जिम्मेवारी महिलालाई दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्नगठन गरेको मन्त्रिमण्डलमा हाल उदोग तथा वाणिज्य राज्यमन्त्री रहेकी भाजपा नेतृ निर्मला सिथारमनलाई रक्षामन्त्रीको जिम्मेवारी पाएकी हुन ।

 

भारतिय पत्रिका द हिन्दुकाअनुसार तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी प्रधानमन्त्री हुदा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेपनि पुर्ण रुपमा रक्षा मन्त्रालयको जिम्मेवारी महिलालाई दिइएको भने यो पहिलो पटक हो ।  

 

भारत र चीनबिच सिमा क्षेत्रमा तनाब बढिरहेको बेला महिलालाई रक्षामन्त्रीको जिम्मेवारी दिनुलाई महत्वका साथ हेरिएको छ । विजेपीले मन्त्रीमण्डलमा महिलालाई जिम्मेवारी बढी दिएको भन्दै महिला अधिकारकर्मीहरुले त्यसको प्रशंसा गरेका छन् । मोदी नेतृत्वको सरकारमा विजेपीले पाच जना महिलालाई महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी दिएको छ ।

 

 

विजेपीले नेतृहरु सुष्मा स्वराजलाई विदेशमन्त्रालय,स्मृती इरानीलाई मानव संसाधन एवंम् विकास मन्त्रालय,उमा भारतीलाई पेयजल एंवम् स्वच्छता मन्त्रालय,मेनका गान्धीलाई महिला तथा बालविकास मन्त्रीको जिम्मेवारी दिएको छ । त्यसैगरी प्रधानमन्त्री मोदीको क्याबिनेटमा शिरोमणी अकाली दलकी नेता हरसिमरत कौरलाई खाद्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।