पाच नेपाली युवतीको भारतबाट यसरी गरियो उद्दार

पाच नेपाली युवतीको भारतबाट यसरी गरियो उद्दार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ– वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भन्दै भारतको दिल्ली पुर्याइएका ५ नेपाली युवतीको प्रहरीले उद्दार गरेको छ । उनिहरुलाई सुनौली हुदै भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एक होटलमा राखिएको थियो ।  

 

प्रहरीले माइति इण्डिया र नेपाली जनसम्र्पक समिति भारतको सहयोगमा उनिहरुको उद्दार गरेको जनाएको छ । माइति इण्डिया र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष वालकृष्ण पाण्डेको पहलमा उनिहरुलाई उद्दार गरिएको थियो ।

 

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी निरीक्षक हरि बहादुर वस्नेतकाअनुसार प्रहरीले हरिमाया न्यौपाने,आशा बि.क.,मन्जुमाया पर्जा,दुखःनी कुमारी सदा मुसहर र आईती सुब्बा मगरलाई उद्दार गरेको छ ।