काठमाण्डु – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औं स्थानमा छ । गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो ।
नयाँ वरियताअनुसार दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ । भारत १०७औं स्थानमा छ । त्यस्तै १५८औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ ।
यसैगरी नेपाल तेस्रो स्थानमा रहँदा १८७औ स्थानसहित भुटान चौथो स्थानमा छ । १८९ स्थानसहित बंगलादेश पाँचौ, १९८ स्थानमा रहेको पाकिस्तान छैठौं र २०५ स्थानमा रहको श्रीलंका दक्षिण एसियामा सातौं स्थानमा छ ।
यसअघि गत भदौ तेस्रो साता नेपाल र भारतले दुई मैत्रीपूर्ण खेल खेलका थिए । जसमा एक खेल बराबरी भयो भने अर्काेमा भारतले २–१ गोल अन्तरले जितेको थियो ।
मैत्रीपूर्ण खेल जिते पनि भारत एक स्थान तल झरेको छ । यस्तै नेपाल भने वरीयतामा यथावत रहेको हो ।
फिफा वरीयताअनुसार शीर्ष स्थानमा बेल्जियम रहेको छ । दोस्रो स्थानमा ब्राजिल रहँदा तेस्रो स्थानमा इग्ल्याण्ड रहेको छ ।
चौथो स्थानमा फ्रान्स, पाँचौ स्थानमा इटाली, छैठौंमा अर्जेन्टिना, सातौमा पोर्चुगल, आठौंमा स्पेन, नवौंमा मेक्सिको र १० औं स्थानमा डेनमार्क रहेको छ ।
प्रतिक्रिया