फिफाले पाकिस्तान फुटबल संघलाई किन निलम्वन गर्यो?

फिफाले पाकिस्तान फुटबल संघलाई किन निलम्वन गर्यो?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई सदस्यबाट निलम्वनको निर्णय गरेको छ। 

 

काउन्सिलको ब्युरोको निर्णय अनुसार फिफाले पिएफएफलाई निलम्वन गर्ने निर्णय गरिएको हो। फेडेरेसनमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले निलम्वन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

 

कोर्टले नियुक्त गरेको फुटबल बडीले पिएफएफको अफिस र एकाउन्ट नियन्त्रण गरेको पिफा काउन्सि ब्युरो ठहर छ। पिएफएफको अफिस एकाउन्ट लगायत विषय पिएफएफलाई फिर्ता गरेपछि मात्र फिफाले निलम्वन फुकुवा गर्ने समेत जनाएको छ।

 

पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग पनि लिएको थिएन।

 

पिएफएफ प्रतिनिधि र क्लबहरुले निलम्वन रहुन्जेल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैन।  फिफाको २११ सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान २ सयौँ स्थानमा रहेको छ। सन् २०१५ को मार्चमा यमनसंग वर्ल्ड कप क्वालिफायर खेलेपछि पाकिस्तानले कुनै पनि खेलेको छैन।