फिफा वरियतामा एक स्थान सुधार्दै नेपाल १६९ स्थानमा

फिफा वरियतामा एक स्थान सुधार्दै नेपाल १६९ स्थानमा


काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय ( फिफा) को वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।

यसअघि १७० औँ रहेको नेपाल एक स्थान सुधार गर्दै १६९ स्थानमा उक्लिएको हो।

 

दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि रहेको छ। एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ। भारत ९७ औँ स्थानमा छ।

 

माल्दिभ्स १४३ औैँ स्थानमा यथावत् छ भने एक स्थान तल झरेको भुटान १६५औंँ स्थानमा छ। नेपालभन्दा पछाडि रहेको बंगलादेश १८९ औँ स्थान, श्रीलंका १९७ औं तथा पाकिस्तान २०० औँ स्थानमा यथावत् छन्।

 

ब्राजिल जर्मनीलाई पछि पार्दै विश्व वरियतामा पहिलो स्थानमा उक्लिएको छ। जर्मनी दोस्रोमा झरेको छ।

 

 

Ranking Country Movement
1 Brazil Up 1
2 Germany Down 1
3 Argentina No Movement
4 Switzerland Up 1
5 Poland Up 1
6 Portugal Down 2
7 Chile No Movement
8 Colombia No Movement
9 Belgium Up 1
10 France Down 1
11 Spain No Movement
12 Italy No Movement
13 England No Movement
14 Mexico Up 2
15 Peru Down 1
16 Croatia Down 1
17 Uruguay No Movement
18 Wales Up 2
19 Sweden Down 1
20 Iceland Down 1