काठमाण्डु-मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड बधु’ आजदेखि प्रदर्शनमा आएको छ ।
कुनै पनि स्वदेशी तथा विदेशी फिल्म नहुँदा आँचल शर्मा अभिनित यस फिल्मले सोलो रिलिजको मौका पाएको हो । पोखरा र काठमाडौँमा प्रिमियर गरिएको यस फिल्मले मल्टिप्लेक्स हलहरूमा राम्रो शो पाएको छ ।
यस फिल्ममा आँचलसहित नवअभिनेता विवेक कर्माचार्य मुख्य भूमिकामा छन् । गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतको समेत अभिनय छ ।
प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद रहेको फिल्ममा जानुका थापाको लगानी छ । फिल्मको कार्यकारी निर्माता अमित रिजाल हुन् ।
एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहेको छ । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो ।
प्रतिक्रिया