‘वसन्त’ आजदेखि प्रदर्शनमा

‘वसन्त’ आजदेखि प्रदर्शनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली फिल्म ‘वसन्त’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। प्रकाश सपुतको डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’ सिनेमा हलमा लागेका हुन्।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको सोसल ड्रामा ‘वसन्त’को कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्।

यस फिल्ममा प्रकाससहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न संघर्षको कथा फिल्मले समेटेको छ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन्।