चलचित्र विकास बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता आज

चलचित्र विकास बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता आज


काठमाण्डु-चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन दिएकाहरूलाई आज अन्तर्वार्ताका लागि बोलाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षमा आवेदन दिएकामध्ये अर्जुन कुमार डंगोल, करिश्मा मानन्धर र दिनेशराज दाहाल (दिनेश डि.सी.) लाई आज अन्तर्वार्ताका लागि बोलाएको हो ।

यस्तै, दीपा पाण्डे बस्नेत, प्रकाश भट्टराई र राजेश थापालाई भोलि अन्तर्वार्ताका लागि बोलाइएको मन्त्रालयले जनाएको छ ।

भुवन केसीको कार्यकाल सकिएसँगै साउन ९ गतेबाट बोर्डको अध्यक्ष पद रिक्त रहेको छ ।