काठमाण्डु-प्रदीप शाहीको निर्देशनमा बन्ने फिल्म ‘एक्लो’ को शुभमुहूर्त गरिएको छ ।
भद्रकाली मन्दिरमा आज फिल्मको मुहूर्त गरिएको छ । अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले मुहूर्तको सट दिए । मुहूर्त समारोहमा बेनिशा र कवितासहित विजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरीसहित बेलायती अभिनेता जेमी बेकन उपस्थित थिए । जेमी हिजो मात्रै फिल्म खेल्नका लागि नेपाल आएका हुन् ।
फिल्मको छांयाकन हुनेछ । उपल्लो मुस्ताङमा हुने सुटिङ ४५ दिनसम्म चल्नेछ । यस फिल्मलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण गरिनेछ ।
फिल्ममा प्रदीप खड्का, एवनराज उप्रेती, दीया पुन, दिनेश डीसी लगायतको अभिनय रहनेछ । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ ।
हाल सेट निर्माणको काम र प्री प्रोडक्सनको भई रहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए ।
प्रतिक्रिया