गौशाला – महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुंदा पांच लाख मूल्य बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो ।
सो आगलगीमा परी मिठाई पसलभित्र रहेको मिठाई, नगद, भांडाकुडा, फर्निचर र मिठाई पसलसमेत जलेर पाँच लाख मूल्य बराबरको क्षति भएको पीडित मिठाई पसले साहले बताए । मिठाई पसलमा काम गरिरहेको र ग्राहकसमेत खचाखच भरिएको बेला पसलमा अचानक आगलागी भएकाले हेर्दाहेर्दै सबैथोक जलेर नष्ट भएको पीडित मिठाई पसलेले साहको भनाइ छ ।
प्रतिक्रिया