भीषण बाढीबाट ९५ जनाको मृत्यु भएपछि स्पेनमा राष्ट्रिय शोक घोषणा

भीषण बाढीबाट ९५ जनाको मृत्यु भएपछि स्पेनमा राष्ट्रिय शोक घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-युरोपेली देश स्पेनका धेरै क्षेत्रमा भारी वर्षा र बाढीका कारण हालसम्म ९५ जनाको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको संख्या सन् १९७३ यताकै उच्च हो । त्यो वर्ष १५० जनाको मृत्यु भएको थियो ।

बाढीमा धेरै मानिस अझै बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विपत्तिपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बिहीबारदेखि शनिबारसम्म तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

बाढीपछि प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ । दक्षिण–पूर्वी स्पेनका केही क्षेत्रमा एक वर्षमा एकै रातमा परेको वर्षाको मात्राका कारण यो बाढी आएको हो । स्पेनको गृह मन्त्रालयको एकीकृत परिचालन समन्वय केन्द्रले बाढीका कारण हालसम्म ६२ जनाको ज्यान गएको जनाएको छ । बाढीका कारण स्पेनको भ्यालेन्सिया शहरको अवस्था गम्भीर बनेको छ ।

सामाजिक सञ्जालमा बाढीसँग सम्बन्धित धेरै भिडियो शेयर भएका छन् । जसमा सडकमा सवारीसाधन पानीमा डुबेको देखिन्छ । बाढीमा फसेका सयौं मानिशहरूले रेडियो र टिभी स्टेशनहरूलाई मद्दतको लागि फोन गरिरहेका छन् । कतिपय क्षेत्रमा आपतकालीन सेवा समेत उपलब्ध छैन ।

स्पेनको मौसम विभागसँग सम्बन्धित एजेन्सीले भ्यालेन्सिया शहरमा रेड अलर्ट लागू गरिएको जनाएको छ । अन्डालुसिया शहरमा दोस्रो उच्च सतर्कता घोषणा गरिएको छ ।