माओवादीका सांसदको एक महिनाको तलब बाढीपीडितलाई दिने निर्णय

माओवादीका सांसदको एक महिनाको तलब बाढीपीडितलाई दिने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी) केन्द्रले आफ्ना सांसदको एक महिनाको तलब राहत स्वरुप बाढीपीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ।

माओवादी केन्द्रको संसदीय बोर्डको बैठकले पार्टीका सबै सांसदको एक महिनाको तलब बाढीपीडितलाई दिने निर्णय गरेको हो।

बाढीपहिरो प्रभावित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनामा लाग्न पनि बैठकले निर्देशन दिएको पार्टीकी प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार बैठकले बाढी पीडितहरुको राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी र तदारुकता साथ अघि बढाउन सरकारलाई आग्रह गरिएको छ।