काठमाण्डु – उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णु पौडेलले आफ्नो टिम बनाउन सुरु गरेका छन् । मन्त्री पौडेलले आफ्नो कोर टिम बनाउन आन्तरिक छलफल सुरु गरिसकेका छन् ।मन्त्री पौडेल अर्थ सल्लाहकार नियुक्ती गर्ने र लगत्तै अर्थ र राजस्व सचिव परिवर्तन गर्ने तयारीमा लागेको निकट स्रोतले बतायो ।
पौडेल अर्थमन्त्रीमा नियुक्त भएसंगै सेयर बजारमा हरियाली छाइसकेको छ । शुक्रबार आउने मौद्रीक नीतिबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउने उनको योजना छ । मन्त्रालयमा उनले कार्यसम्पादन राम्रो भएका र अर्थ बुझेका अधिकारीहरुलाई ल्याउन सक्ने धेरैको अनुमान छ ।
मन्त्री पौडेलले अहिले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ,अर्थशास्त्री डा.गोविन्द नेपाल,शुसिल ज्ञवाली र योजना आयोगका पूर्व उपाध्यक्ष पुष्पराज कंडेललगायतसंगल नियमित छलफल गरिरहेका छन् । उनिहरुमध्येबाटै अर्थमन्त्रीले एक जना सल्लाहकार बनाउन सक्ने सम्भावना छ ।
मन्त्रीले गर्भनर महाप्रसाद अधिकारीसंग समेत नियमित छलफल गरिरहेका छन् । गर्भनर अधिकारी र मन्त्री पौडलेको समेत सुमधुर सम्बन्ध छ । त्यसैले देशको अर्थतन्त्रले लय समात्न सक्ने धेरैको अनुमान छ ।
तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा एक जना संचारउद्यमीको जोडबलमा अर्थसचिव भएका मधु मरासिनी धितोपत्र बोर्डको नेतृत्व चयनमा नकरात्मक भुमिका खेलेका कारण अहिले प्रधानमन्त्री कार्यालयतिर पठाइनेमा छन् । मरासिनिलाई सेटिङमा अर्थमा ल्याइएको भएपनि उनले स्वार्थ समुहको इच्छाअनुसार काम नगर्दा यसपटक मिल्काइने सुचिमा रहेको स्रोत बताउंछ ।
धितोपत्र बोर्डको लाइसेन्स लिन व्यवसायिक घरानाबीच कर्पोरेट वार नै भएको थियो । पुर्व अर्थमन्त्री वर्षमान पुनले त एक संचारमाध्यमसंगको अन्र्तवार्तामा व्यापारीहरु सरकार नै बदल्न सक्ने हैसियतमा पुगेको भन्दै धितोपत्र बोर्डको लाइसेन्स त्यसैसंग जोडिएको दावी गरेका थिए । तर, पुन पनि सेटिङमा चन्द्र ढकाल र उपेन्द्र महतो समुह निकटलाई धितोपत्र बोर्डमा ल्याउनेमा थिए ।
माओवादी निकट सचिव भनेर चिनिएका सचिव मरासिनीको ठाउंमा अहिले राजस्व सचिव रहेका डा.रामप्रसाद घिमिरेलाई अर्थसचिव बनाइने सम्भावना छ । उनको मन्त्री पौडेलसंग सुमधुर सम्बन्ध छ । अर्थमा आउन श्रम सचिव घनश्याम उपाध्याय समेत अर्थमा आउन जोडबल गरिरहेका छन् ।
उपाध्याय अर्थमा आउन नसके राजस्व सचिव भएपनि आउनेमा रहेको बताइन्छ । त्यसलगत्तै अर्थमन्त्रालयअन्र्तगतका विभिन्न महाशाखाका प्रमुखको समेत सरुवा गर्ने तयारी छ ।
प्रतिक्रिया