काठमाण्डु – सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै महासंघले अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफल समेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा गम्भीर असहमति प्रकट गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठत पार्ने प्रावधानहरू सच्याएर मात्र विधेयक अगाडि बढाउन सरकार र संसद्लाई आग्रह गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानून स्वीकार्य नहुनेतर्फ पनि महासंघले सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
हेर्नुहोस् विज्ञप्ति –
प्रतिक्रिया