गिरफ्तार पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीसंग पत्रकार महासंघको माग

गिरफ्तार पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीसंग पत्रकार महासंघको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सातादिन यता पक्राउ परेका आठ जना पत्रकारलाई तत्काल रिहा गर्न जोडदार माग गरेको छ ।

 

 

 

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको डेलिकेशन टोलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी उक्त माग गरेको हो ।

 

 

 

अध्यक्ष आचार्यले आठैजना पत्रकार महासंघका सदस्य भएकाले आफुहरुले जिम्मा लिने र तत्काल रिहाका लागि निर्देशन दिन प्रधानमन्त्रीसंग आग्रह गरेका थिए । जवाफमा प्रमले तत्काल बुझेर रिहाका लागि निर्देशन दिने बताएका थिए । ‘को को हुन् नाम दिनुहोला, म बुझेर पहल गर्छु ’ प्रम देउवाले भने ।

 

 

देउवाले पत्रकार महासंघसंग सहकार्यका लागि सरकार सदैव तयार रहेको भन्दै निर्वाचनमा विगतमा झै सहयोगको अपेक्षा गरेको बताए ।

 

 

 

महासंघले पेश गरेका मागहरु पक्राउ परेका पत्रकार रिहा , श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्युनतम पारिश्रमिक, नियुक्ति पत्र नदिने सञ्चार गृहलाई कार्वाही गर्नुपर्नेलगायतका मागहरुबारे आफु सकारात्मक रहेको देउवाले बताए ।

 

 

महासंघको टोलीमा उपाध्यक्षद्धय विपुल पोख्रेल, दिलिप थापामगर, सचिवद्धय राम प्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा, सदस्यहरु जन्मदेव जैसी, हरिहरसिंह राठौर, यम बिरही, लेखनाथ न्यौपाने, टिका प्रधान, टेकराज थामी, छेटु शेर्पा, लक्ष्मण कार्की, सुरेश यादव,  राधेश्याम दाहाल, लेखा समिति सदस्य भुपेन्द्र आचार्ययलगायतको उपस्थिति थियो ।