काठमाण्डु- काठमाण्डु उपत्यकाको फोहोर बोकेर गएका गाडी सिसडोल पुगेका छन् । काठमाण्डुबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरिएको थिए । तर, फोहोर बोकेर उपत्यकाबाट गएका गाडी सिसडोल पुगेर अड्किएका हुन् ।
बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध भएकोले प्रहरी आईसकेपछि मात्रै फोहोर बोकेका गाडी अगाडि बढाउने महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।
‘प्रहरी विना फोहोरको गाडी बञ्चरे पुर्याउन गाह्रो छ । आज पनि आन्दोलनको तयारी गरको भन्ने खबर आएको छ । अब प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडी बढाउनेछौं,’ प्रवक्ता मानन्धरले बताए ।
प्रतिक्रिया