फुड पोइजनिङ के हो ? यसरी गर्न सकिन्छ घरमै उपचार

फुड पोइजनिङ के हो ? यसरी गर्न सकिन्छ घरमै उपचार


काठमाण्डु– नेपालका प्रमुख चाडहरुमध्ये विजयादशमी हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण चाड हो । दशैंमा देवी देवताका मन्दिर जाने, शक्तिपीठहरुमा दर्शन गर्ने, पूजा–आराधना गर्ने गरिन्छ । दशैंमा ठूलाबडाको हातबाट टिका, जमरा र आर्शीवाद ग्रहण गर्ने परम्परागत चलन छ ।

चाडवार्डमा खानाको व्यालेन्स नमिल्दा सबैभन्दा धेरैलाई एउटै समस्याले सताउने गदर्छ त्यो हो फुड पोइजनिङ !

फुड पोइजनिङ जीवाणुको संक्रमणले गर्दा हुन्छ । मानिसले खाने खानामा जीवाणु हुन्छ र त्यही खाना खाँदा संक्रमण हुने हो । फुड पोइजन हुँदा पेट दुख्ने, पखाला लाग्ने, वान्ता हुने हुन्छ ।

फुड पोइजनिङ भइसकेपछि यसको लक्षणहरु तत्काल, केही समयपछि वा केही दिनमा समेत देखिन सक्छन् । यो रोग सामान्य उपचारले पनि निको हुन सक्छ । तर, कहिलेकाहीँ यो रोगले जटिल स्वास्थ्य समया पनि निम्त्याउन सक्छ । कोलस्ट्रिडियमबाट हुने फुड पोइजनिङलाई ‘मेडिकल इमर्जेन्सी’ मानिन्छ ।क्लोस्ट्रीडियम इ.कोलाई साल्मोनेला लिस्टेरिया ट्रिचिनोसिस स्टेफिलोकोकस कैम्पिलोबैक्टर जस्ता जीवाणुहरुले फूड पोइजनिङ गराउने गर्दछन् ।

फुड पोइजनिङका लक्षणहरु
फुड पोइजनिङ हुँदा पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउने, दिशामा रगत देखा पर्ने, कमजोरी हुने, शरीरमा जलवियोजन हुने आदी हुन्छन् ।

फुड पोइजनिङका प्रमुख कारणहरु

जीवाणु संक्रमण, विषाणु जनित संक्रमण,बट्टामा प्याकिङ गरेको माछा, समुन्द्री जीव आदिको सेवन बासी, सडेगलेको र झिंगा भन्केको खानेकुरा, कमजोर प्रतिरक्षा प्रणाली अस्वस्थकर तरिकाले पकाएको खानेकुरा, अशुद्ध भाडाकुडा, काँचो मासु, काँचो अण्डा र राम्रोसँग नपाकेको खानेकुरा राम्रो सँग नपकाइएको दूध, पनिर आदिको सेवन, समुन्द्री भोजनको अधिक सेवन जस्ता खानेकुराले फुड पोइजनिङ हुने सम्भावना उच्च हुने गदर्छ ।

फुड पोइजनिङको घरेलु उपचार

इलेक्ट्रोलाइटयुक्त तरल पदार्थ पिउने दही, जिरा र मेथी मिसाएर दिनको दुई पटक सेवन गर्ने पुदिना चिया पिउन सकिन्छ । यसले पेटसँग सम्बन्धित समस्याहरु वाकवाकी र पेटको दुखाइ कम गर्न मद्दत गर्छ । मनतातो पानीमा सिदेनुन र कागती मिसाएर खाने । कागती पानी मात्र पनि पिउन सकिन्छ । कागती पानीमा खानामा संक्रमण गर्न सक्ने किटाणुलाई मार्ने एन्टिब्याक्टेरियल गुण हुन्छ । मनतातो पानीमा राखेर एप्पल साइडर भिनेगार खान सकिन्छ । घरेलु उपचारबाट कम नभएमा तत्काल स्वास्थ्यकर्मी वा चिकित्सकको निगरानीमा उपचार गर्नुपर्छ ।

फुड पोइजनिङ भएको बेला दुध तथा दुधजन्य पदार्थ, घिउ तथा बोसो, फ्राई गरेको खानेकुरा, अत्याधिक मात्रामा चिनी ताथ गुलियो पदार्थ, पिरो खानेकुरा, अल्कोहल निकोटीन आदि खानुहुदैन भने यसबाट बच्न ताजा खानेकुरा खाने, बासी खानेकुरा नखाने, पानी धेरै पिउने गर्नुपर्छ ।