वान्टेड समूहले जित्यो रिभरसाइड खुला फूटबलको उपाधि

वान्टेड समूहले जित्यो रिभरसाइड खुला फूटबलको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ मा आयोजित दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फूटबल प्रतियोगिताको उपाधि वान्टेड समूहले जितेको छ ।

रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनलमा वान्टेडको ‘ए’ समूहले वान्टेड ‘बी’ समूहलाई १–२ गोल प्रहार गर्दै उपाधि जितेको छ ।

एउटै क्लबका २ टीमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र दोस्रो पुरस्कार क्रमशः १ लाख १ हजार १० नगद, द्वितीय पुरस्कार ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेतालाई वडाध्यक्ष यामबहादुर कार्कीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टीम सहभागी भएका सहसचिव सचिन कार्कीले जानकारी दिए ।

प्रतियोगिताको समापनमा क्लबका अध्यक्ष सुनील थापाले पछिल्लो समय बगरफाँटका युवा संगठित भई खेलकुदका साथै अन्य सामाजिक, गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक काममा सक्रिय भइरहेका बताए ।