माल्दिभ्सविरुद्ध ११ गोल प्रहार गर्दै नेपालको सानदार जीत

माल्दिभ्सविरुद्ध ११ गोल प्रहार गर्दै नेपालको सानदार जीत


काठमाण्डु – दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला च्याम्पियनशिप २०२४ अन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सविरुद्ध ११ गोल प्रहार गर्दै जीत निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल र प्रिती राईले ह्याट्रिक गरेका छन् ।

यसअघि २०१६ मा नेपालले ९–० ले हराएको थियो । सन् २०१० मा नेपालले अफगानिस्तानविरुद्ध १३–० ले जीत निकालेको थियो ।

मैदानमा पौडेलले ५, प्रिति राईले ३, अनिता केसी, सविता रानामगर र अमिषा कार्कीले १/१ गोल गरेका छन् । पौडेलले ३१, ४१, ४७, ६३ र ७८औं मिनेट र प्रिति राईले ५, ६५ र ८७ औं मिनेटमा गोल गरेका थिए । प्लेर अफ दी म्याच रेखा पौडेल भएकी छन् ।

यससँगै ‘बी’ समूहमा रहेको नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । नेपाल र भुटानमा समान ४ अंक छ । यद्यपि गोलअन्तरले नेपाल अगाडि छ, श्रीलंकाको ३ अंक रहेको छ ।