काठमाण्डु – नेपालको फिफा वरीयतामा यथावत् रहेको छ ।
विश्व फूटबलको सर्वाेच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पुरुष फूटबलको विश्व वरीयताअनुसार नेपाल १७५औं स्थानमा यथावत् रहेको छ ।
नयाँ वरीयताअनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १२६औं, अफगानिस्तान १५६औं र माल्दिभ्स १६२औं स्थानमा छन् । नेपालभन्दा तल भुटान १८२औं, बंगलादेश १८५औं, पाकिस्तान १९८औं र श्रीलंका २००औं स्थानमा छन् ।
फिफा वरीयतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इङ्गल्यान्ड चौथो र ब्राजिल पाचौं स्थानमा यथावत् छन् । पोर्चुगल छैटौं, नेदरल्यान्ड्स सातौं, बेल्जियम आठौं, इटाली नवौं र जर्मनी दशौं स्थानमा यथावत् छन् ।
प्रतिक्रिया