काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् ।
प्रतियोगितामा दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले अलमुताइरीमाथि प्रतिबन्ध लगाएपछि शनिबार हुने नेपाल र भारतबीचको फाइनल खेल गुमाउने भएका हुन् ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरू हुनेछ । आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो ।
नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रशिक्षक अलमुताइरीले साफले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया