काठमाण्डु – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यि दुई बिचको खेल दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।
यस्तै दोस्रो खेलमा थ्री स्टारले च्यासल युथ क्लबको सामना गर्ने छ । थ्री स्टार र च्यासलबीचको ललितपुर डर्बी भिडन्त ४ः४५ बजे सुरु हुनेछ । हिजो भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । लिगमा १४ टोलीको सहभागीता रहेको छ ।
यसपटक सातदोबाटो, फ्रेन्ड्स क्लबसहित जावलाखेल, पुलिस, त्रिभुवन आर्मी, एनआरटी, एपीएफ, मछिन्द्र, बिग्रेड, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, च्यासल, सङ्कटा र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । लिगको पुछारका दुई टोली रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो पटक लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो । लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया