काठमाण्डु – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबमाथि जित हात पार्न सफल भएको छ । आइतबार काठमाण्डुमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफलाई ३-२ गोल हराउँदै जित हात पार्न सफल भएको हो ।
ब्रिगेड ब्वाइज क्लबलाई जिताउन दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । खेल सुरु भएको १२ औँ मिनेटमै गोल गरेर दिनेशले ब्रिगेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । एपीएफका लागि आशिष लामाले १७ औँ मिनेटमा गोल गर्दा बिक्की तामाङले ७७ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।
प्रतिक्रिया