काठमाण्डु – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनविरुद्ध १–० गोल अन्तरले जीत निकालेको छ ।
दशरथ रंगशालामा मोसेस ग्याबाह उमले खेलको दोस्रो हाफमा गरेको गोल नै पोखराको जीतका लागि निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको ७१औं मिनेटमा मोसेस ग्याबाहले निर्णायक गोल गरेका थिए ।
खेलमा पोखराका कप्तान दिनेश राजवंशी प्लेयर अफ द म्याच भए ।
खेलपछि प्रतिक्रिया दिँदै पोखरा थन्डर्सका प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलमै जीत निकालेकोमा खुशी व्यक्त गरे । ‘पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोड्न सक्यौं, खुशी छौं,’ उनले भने ।
यसअघि शुक्रबार उद्घाटन खेलमा साबिक विजेता काठमाण्डु रेजर्सले स्पोर्टिङ इलाम एफसीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया